बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले आज सपथ लिदै

Maitrinews

 

ढाका । शेख हसिनाले बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा आज पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट हसिनाको दलले संसदमा बहुमत हासिल गरेसँगै उहाँ पुनः प्रधानमन्त्री हुन लाग्नु भएको हो ।

शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।

बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।