मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौँद्वारा गद्दी त्याग गर्ने घोषणा

Maitrinews

मलेसिया । मलेसियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्।
मलेशियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्।

६० वर्ष पहिले ब्रिटेनबाट स्वतन्त्र भएको मलेशियाका कुनै पनि राजाले अहिलेसम्म त्यसरी राजगद्दी छोडेका थिएनन्।

मलेशियाको राजदरबारले राजा सुल्तान मुहम्मद पाँचौँको राजीनामाको कुनै कारण खुलाएको छैन।