ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन,राष्ट्रिय सुरक्षाका लागि सीमामा पर्खाल

Maitrinews

 

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल आवश्यक रहेको भन्दै त्यसका लागि बजेट निकासा गर्न संसदलाई आग्रह गरेका छन् ।

पर्खाल बनाउने बजेट संसदबाट पास गराउन नसकेपछि अमेरिका १८ दिनदेखि आंशिक रुपमा बन्द रहेको बेलामा अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

उनले सम्बोधनका क्रममा भने,‘‘यो एउटा मानवीय संकट हो । यो एउटा मुटु र आत्माको संकट हो ।’’ उनले सम्बोधनको क्रममा पर्खाल बनाउन चाहिएको ५ दशमलब ७ बिलियन डलरको बचाउ गर्दै सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्था गर्नु जरुरी रहेको बताएका छन् ।

अहिले अमेरिका आंशिक रुपमा बन्द हुनुको कारण अरु केही नभएर विपक्षी डेमोक्रयाट पार्टी नै कारक रहेको जनाए । अमेरिकी तल्लो सदनमा डेमोक्र्याटको बहुमत रहेको छ । उनले दक्षिणी सीमामा महिला र बालबालिका पीडित बनिरहेको समेत बताए । पर्खाल राष्ट्रिय सुरक्षाको लागि जरुरी रहेको उनको भनाइ रहेको छ ।