भागेर थाइल्यान्ड पुगेकी साउदी युवतीलाई शरणार्थीको मान्यता

maitrinews

 

थाइल्यान्ड । इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुनसक्ने दाबी गर्दै भागेर थाइल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्र्सङ्घले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले जनाएको छ। १८ वर्षीया रहफ मोहम्मद अल कुकुनले केही गत सप्ताहान्तदेखि संयुक्त राष्ट्रसङ्घ र विभिन्न देशसँग आफूलाई शरण दिन आग्रह गरिरहेकी थिइन्।

शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी उनलाई थाईल्यान्डको विमानस्थलमा नियन्त्रणमा लिइएको थियो।

थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे अविच्छिन्न रूपमा जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गरिन्।

थाई अधिकारीहरूले सोमवार उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर आफू असुरक्षित भएको भन्दै उनले नजाने अडान लिएकी थिइन्।
सोमवार साँझ उनलाई संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो।
यूएनएचसीएचआरले ती युवतीको मागबारे विचार गर्न अस्ट्रेलियालाई औपचारिक सिफारिस गरेको थियो।

अस्ट्रेलिया सरकारको डिपार्ट्मेन्ट अफ होम अफेअर्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै सो सिफारिसलाई नियमित तरिकाले हेर्ने जनाएको छ। तर सरकारले सो विषयमा थप टिप्पणी नगर्ने विज्ञप्तिमा उल्लेख छ।
परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहफ मोहम्मद अल कुकुन केही दिनअघि त्यहाँबाट भागेकी थिइन्
यूएनएचसीएचआरको थाईल्यान्डस्थित कार्यालयले पनि प्रतिक्रिया दिन मानेन।
रहफ मोहम्मद अल कुकुनले यसबारे सामाजिक सञ्जालमा केही लेखेकी छैनन्। तर उनलाई ट्विटर चलाउन सघाउने उनकी साथीले भने अर्थपूर्ण रूफमा ुहामी विजयी भयौँु भन्ने आशयको ट्वीट गरेकी छन्।

प्रवेशाज्ञा दिनुअघि मोहम्मद अल कुकुनको चरित्र र सुरक्षाबारे परीक्षण हुने बताइएको छ।