विश्वकै धनी अमेजनका सीईओ बेजोजको २५ वर्षपछि सम्बन्ध विच्छेद

 

वाशिङटन । विश्वकै धनी व्यक्तिका रुपमा चिनिएका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जेफ बेजोज र उनकी पत्नी म्याककेन्जी बीच २५ वर्षपछि डिभोर्स भएको छ ।
जेफको सम्पति १३७ बिलियन डलर ९नेपाली १,५४,५२,९१,५०,००,००० रुपैयाँ० रहेको मानिन्छ । अझ कतिपयले त पछिल्लो समयमा उनी १६० बिलियन डलरका मालिक भएको समेत जनाएका छन् । उनी वाशिङटन पोष्ट पत्रिकाका पनि मालिक हुन् ।

उनीहरुले बुधबार ट्विटरमा वक्तव्य नै दिएर डिभोर्सको घोषणा गरेका हुन् । उनीहरुले के कसरी सम्पति बाँडफाँड गरे भन्ने कुरा खुलाइएको छैन ।

जेफ सन् १९९७मा खर्बपति भएका हुन् । त्यसको चार वर्षपछि उनीहरुबीच विवाह भएको थियो । उनीहरुबीचको डिभोर्स सेटलमेन्ट गर्ने काम आर्थ डिलरका एलेक विल्डेस्टेन र न्यूयोर्कका जोसेलिन विल्डेस्टेनले गरेका हुन् ।

जेफले आफ्नी पत्नीलाई सबैभन्दा पहिला न्यूयोर्कमा भेटेका थिए । हेड्ज फन्डको अनुसन्धानको कामका लागि अन्तर्वार्ता लिने क्रममा पहिलो पटक उनीहरुको भेट भएको थियो । जहाँ उनी उपाध्यक्षका रुपमा काम गर्थे ।

म्याककेन्जीले सन् २०१३मा भोग म्यागेजिनसँगको कुराकानीमा सो कुरा उल्लेख गरेकी छन् । उनले त्यसमा भनेकी छन्, “मेरो अफिस उहाँको भन्दा पछाडिको ढोकाको छेऊमा थियो । र, दिनैभरी मैले उहाँको गजबको हाँसो सुन्थे । त्यस्तो हाँसोमा म कसरी प्रेममा नपरी रहन सक्थे र रु” उनीहरु तीन महिना सम्मको डेटिङपछि ‘इन्गेज’ भएका थिए । त्यसपछि १९९३मा विवाह बन्धनमा बाँधिए ।

उनले विवाह गरेपछि वाल स्ट्रिटको उनको जागीर छोडेका थिए । त्यसपछि उनी सियाटलमा बस्न थाले । सियाटलमा उनीहरु एक बेडरुम भएको फ्ल्याटमा भाडामा बस्ने गरेका थिए । तर, अमेजनको स्थापनापछि उनको जीवनले काँचुली फेरेको थियो । अहिले अमेरिकाका विभिन्न स्थानमा उनका ५ वटा घर छन् । प्रारम्भमा अमेजन एउटा अनलाइन बुकस्टोर मात्रै थियो ।

उनीहरु चार जना छोराछोरीका आमाबाबु पनि भइसकेका थिए । तीन वटा छोरा थिए र एक छोरी थिइन् । छोरीलाई चीनबाट ‘एडप्ट’ गरिएको थियो ।

जेफ ५४ वर्षीय छन्् भने उनकी पत्नी म्याककेन्जी ४८ वर्षीया हुन् । द ब्लुमबर्ग बिलियनियर इन्डेक्सका अनुसार उनी विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । म्याककेन्जी उपन्यासकार पनि हुन् । उनले सन् २००५मा द टेस्टीङ अफ लुथर अबल्राइट र सन् २०१३मा ट्रयाप्स उपन्यास लेखेकी थिइन् ।

‘‘हामीले एकदमै भाग्यमानी महसुस गरेका थियौं । र हामी एक अर्काप्रति आभारीपनि थियौं’’ उनीहरुको वक्तव्यमा भनिएको छ । “हामीबीच वैवाहिक जोडीको रुपमा महान जीवन थियो । र हामीले महत्वपूर्ण भविश्य पनि देखेका थियौं,” उनीहरुले भनेका छन् ।

अमेजन विश्वकै महत्वपूर्ण कम्पनीका रुपमा अहिले स्थापित भएको छ । यसको मूल्य झण्डै ८१० बिलियन डलर रहेको बताइन्छ । अहिले यसको मूल्य माइक्रोसफ्टको भन्दा २० बिलियन डलर बढी भएको मानिन्छ ।