चीन र भारतबाट नेपाल त्रस्त हुनुपर्ने कारण छैन : ज्ञवाली

maitrinews

 

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको बलियो सरकार र बलियो परराष्ट्र नीति कैयौँलाई पाच्य नभएकाले आलोचना गर्ने गरेको बताउनुभएको छ ।

उहाँले आफ्नो भेटवार्ता अमेरिकी समकक्षी माइक पोम्पेओसँग हुनुलाई ठूलो उपलब्धिको रूपमा चित्रित गरेको भए पनि अमेरिकाले भनेको जस्तो केन्द्रीय भूमिकामा नेपाल नजाने उहाँका पछिल्ला गतिविधिले प्रष्ट पारेको छ ।

हरेक मुलुकको आफ्नो प्राथमिकता हुन्छ, नेपालको प्राथमिकता अहिले विकास र समृद्धि हो उहाँले भन्नुभयो ।

उहाँले भारतले विद्युत् खरिदसम्बन्धी व्यवस्था परिवर्तन गरेको, जलमार्गमा पहुँच र कृषिमा साझेदारीलाई उपलब्धि भएको बताउनुभयो ।

अहिलेको सरकारको बाह्य सम्बन्धलाई दलीय आँखाले हेरेको भनेर सरकारको विरोध गर्ने लत कसैलाई लागेको भन्दै उहाँले विपक्षी दलहरूको आलोचना गर्नुभयो ।
उहाँले दुई देशको सम्बन्ध अस्थिर हुँदा कतिले त्यसलाई कमाइ खाने भाँडो बनाउन पाउने हुनाले विरोध गरेको आरोप लगाउनुभयो । चीन र भारतबाट नेपाल त्रस्त हुनुपर्ने कारण नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,हाम्रा छिमेकीप्रति राम्रो सम्बन्ध राखेको कसैलाई पाच्य भइरहेको छैन। त्यसैले यसका बारेमा अनावश्यक विवाद सिर्जना गर्ने प्रयास भइरहेको छ त्यसलाई हामीले नजिकबाट हेरिरहेका छौँ।