टेलिकमको फोरजी विस्तारमा भएको अनियमिताको छानबिन गर्न अख्तियारमा उजुरी

 

काठमाडौं । नेपाल टेलिकमको फोरजी विस्तारका क्रममा भएको अनियमिताको छानबिन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई लिखित अनुरोध गएको छ । फोरजी बिस्ताका क्रममा १२ अर्ब बढी घोटाला भएको भन्दै नागरिक अनसन्धान ब्युरोका प्रमख एवं नेकपा असन्तुष्ट समूहका संयोजक युवराज सफलले अख्तियारलाई अनुरोधपत्र लेखेका हुन् ।
उनको पत्रमा नेपाल टेलिकमले पछिल्लो समय देशव्यापी रुपमा फोरजी सेवा विस्तार गर्न लागेको र यस सिलसिलामा गुणस्तरहिन काम गर्ने चिनियाँ कम्पनी हुवेलाई लाग्ने मुल्यभन्दा तीनगुणा बढी रकममा ठेक्का दिएर सिधै हिसाब गर्दा १२ अर्ब अनियमितता गरी उच्च तह र मन्त्री, सचिव र टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक लगायत यो खेलका अन्य विचौलिया र गिरोहहरुले अबौँ रुपैयाँ तर मार्न खोजी देश र नेपाल टेलिकमलाई समेत खोक्रो पार्न खोजेको कारण यस सम्बन्धी सत्थतथ्य बुझी छानबिन गरी दोषीलाई कार्वाही गर्न भनिएको छ ।