राष्ट्रपति भण्डारीद्वारा महायज्ञ उद्घाटन

Maitrinews

 

चतरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको चतरामामहायज्ञको उद्घाटन गर्नुभएको छ । उहाँले ९ तले मण्डपको रिबन काटेर उद्घाटन गर्नुभयो । भारतको अयोध्याका श्रीराम छाउनी पीठका कमलनयन दास आचार्यले भगवान् बराह र कोशी नदी पौराणिककालदेखि नै पूज्य भूमिका रूपमा रहेको बताउनुभयो । उहाँले भेदभावरहित तरिकाले यो क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले नौ दिनसम्म सञ्चालन हुने महायज्ञले जलवायु अनुकुलनमा सार्थक हुने बताउनुभयो । ‘प्रकृति र पर्यावरण संरक्षणका लागि हरित क्रान्ति महत्त्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘स्वच्छ वातावरण नै स्वस्थ र सुखी नेपालीको आधार हो ।’

पर्यटन र पर्यावरणको सम्बन्ध हरितसँग रहेकाले यसले पर्यटक आकर्षित गर्न सघाउ पुग्ने उहाँले बताउनुभयो । १ हजार २ साधकद्वारा श्रीराम तारकब्रह्म मन्त्रराजको १ अर्ब ६० करोड पूर्ण जप र १६ करोड हवनार्चनसहितको महायज्ञ हुने रामानन्दाचार्यले बताउनुभयो । यो महायज्ञ मुलुकमै पहिलो पटक हुन लागेको हो ।
महायज्ञमा ६० टन तिल, ३० टन चामल, १५ टन जौ, १० टन घिउ, १० टन जडीबुटी र २ सय ४० टन समिदाको हमन गरिने बताइएको छ । महायज्ञमा १ सय ८ कुण्डमा १ हजार २ सय साधकले हवन गर्ने छन् । जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठले सुनसरी मोरङ सिँचाइ योजनाको १२ बिघा ८ कठ्ठा १९ धुर जग्गामा सेवापीठ निर्माण गरेको छ ।