खर्बपति वारेन बफेटद्वारा ३५ खर्ब रुपियाँ दान

Maitrinews

काठमाडौँ। संसारको तेस्रो सबैभन्दा धनि व्यक्ति वारेन बफेटलाई विश्वको सबैभन्दा ठूलो दाता पनि भनिन्छ । करिब रु. ९० खर्ब ८ अर्ब सम्पत्तिको मालिक ८८ बर्षीय वारेन बफेटले अहिलेसम्म कुल ३१ बिलियन अर्थात ३५ खर्ब ११ अर्बको दान गर्नुभएको छ ।

हालै उहाँले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन लगायतका कुल पाँच सामाजिक संस्थाहरुमा ३।४ बिलियन ९३ खर्ब ८५ अर्ब रुपैयाँ० दान गर्नुभयो । बफेटको सरल जीवनशैली छ । उहाँले ईमेल समेत प्रयोग गर्नुहुन्न । बफेटले अहिले पनि नोकियाको फ्लिप फोन प्रयोग गर्नुहुन्छ । बफेट अझै पनि उहाँको पुरानो घरमा बस्नु हुन्छ । यो घर सन् १९५२ मा ३१ हजार ५०० डलरमा किन्नुभएको हो ।