सबैभन्दा ठूलो सिद्धान्तच्यूत त काँग्रेसहरू नै भएको देखिन्छ

Mohan Bastola

राम कार्की
पूर्व मन्त्री एवं नेता,नेपाल कम्युनिष्ट पार्टी नेकपा

नेपालबाट करीब १५ हजार किलोमिटर टाढाँ रहेको भेनेजुएलाको राजनीतिसँग नेपाल जोडिएर आयो । त्यहाँको राजनीतिक संकटसँग नेपालको र त्यसमा पनि सरकारको नेतृत्व गरेको नेकपाको बढी चर्चा छ । अझ प्रष्ट भन्ने हो भने त्यहाँको राजनीतिक घटनाक्रमसँग सम्वन्धित भएर नेकपाका दुई अध्यक्ष मध्ये एक अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेपछि खैला बैला नै भयो । खास कुरो के–हो ?

अहिले भेनेजुएलाको राजनीतिक घटनासँग जोडेर नेपाल र त्यसमा पनि नेकपा भित्रको जुन खालको विवाद भयो भन्ने चर्चा छ । त्यो नै बेकार छ । जहाँसम्म वक्तव्यको कुरो छ । त्यो वक्तव्यमा विवाद गर्नुपर्ने कुनै कारण छैन । म अहिले पनि भन्छु । वक्तव्य विवाद गर्नु पर्ने खालको होइन । त्यो वक्तव्य कसैको विरोध गरिएको छैन । त्यहाँ त केवल प्रजातन्त्र, विधिको शासनको पक्ष लिइएको छ । हो, भेनेजुएलामा जस्तो प्रकारको सरकार छ, त्यो सरकारका कतिपय नीतिसँग व्यक्तिगत रूपमा म सहमत छैन । र, भेनेजुएलामा सावेजको पालामा भन्दा मडुरोको पालामा आइसकेपछि यसै पनि नवउदारवादी ढाँचा नै सुधार ल्याउन खाजेको हो । तर, सावेजले संविधान संशोधनमार्फत त्यो ढाँचामा केही परिवर्तन गर्न खोजेका थिए । तसर्थ, त्यहाँ जनताको सरकार गठन भएपछि त्यसलाई हटाउने, उल्टाउने त लगातार प्रयत्न हुँदै आएको छ । अर्को कुरा अमेरिकाको लगातारको नाकाबन्दीले भेनेजुएलालाई असर परिरहेको थियो । किनभने, उसको सबैभन्दा बढी तेलको व्यापार अमेरिकासँग नै हुने हो । भेनेजुएलामा तेल उत्खनन गर्ने अधिकांश कम्पनीको कार्यालय अमेरिकामै छ । अमेरिकाले त्यहाँबाट तेल पनि लिने अनि लगातार नाकाबन्दी पनि गर्ने गरिरहेको छ । लगातारको यसप्रकारको गैरकानुनी र अमानवीय खालको जुन नाकाबन्दी लगाउँदै आएको थियो, त्यसको परिणाम त्यहाँ आर्थिक अप्ठ्यारो पर्दै आएको छ ।

भनेपछि विवाद त अमेरिका र भेनेजुएलाको रहेछ । तर, नेपालले चाहिँ किन त्यसरी चासो व्यक्त गर्नु परो नि ?

हो, नेपाल कतिपय महत्वपूर्ण घटनाहरूमा मौन रहँदै आएको थियो । अन्तराष्ट्रिय भाइचारा सम्बन्धले पार्टीलाई नैतिक बनिरहन बाध्य पारेको थियो । तर, यस्तो न्यायपूर्ण कुराका बारेमा मुख खोल्नु पर्छ नभए मान्छे मरेको–बाँचेको थाहा हुँदैन भनेर पनि विज्ञप्ति निकालेको हो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने त धेरै दिनपछाडि अन्तराषर््िट्रय समाजवादी आन्दोलनमा कमसेकम नेपालको कम्युनिष्ट पार्टी बोलेको छ । यो खुशीको कुरा हो । सरकारले कूटनीतिक भाषा बोलेको छ । यसमा नेपाली कांग्रेसलाई पो बरु सोध्नुपर्ने कि उहाँहरू बिपी कोइराला सधैं पुँजीवादको खिलाफमा हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादको पक्षमा हुनुहुन्थ्यो । अब के उहाँहरू अमेरिकी साम्राज्यवादको पक्षमा हो ? अमेरिकाको ढाँचा र ढर्राको जुन नीति छ, त्यसैको पक्षपोषण गर्न थालेको हो ?

ए, भनेपछि काँग्रेसले अमेरिकालाई गरेको समर्थन उचित छैन भन्ने तपाईँको तर्क हो ?

सबैभन्दा ठूलो सिद्धान्तच्यूत त काँग्रेसहरू नै भएको देखिन्छ । जसका नेता बीपी कोइराला, उहाँहरू जसको नाम लिइरहनुहुन्छ, ती बीपी कोइराला जिन्दगीभर पुँजीवादविरुद्ध लडे र प्रजातान्त्रिक समाजवादका वकालत गरे, पुँजीवाद अमानवीय छ, हिंस्रक छ भन्ने कुराहरू गरे । तर, नेपाली कांग्रेसले यसपटक नांगो वकालत गर्ने काम ग¥यो । त्यो पो अचम्म लाग्दो कुरा भएको छ । तपाईँहरुको पार्टी एकता प्रक्रिया सुरु भएको लामो समय वित्यो । झण्डै एक वर्ष अघि तपाईँहरुले धुमधामसँग पार्टी एकता गर्नुभयो । तर, त्यो शीर्ष तहमा मात्रै भयो । तलतलसम्म पुग्न सकेन । त्यसको पनि असन्तुष्टि हो ।

विज्ञप्तिको विषयलाई लिएर पार्टी भित्रै विवाद चर्किएको भन्ने पनि छ नि ?

विज्ञप्ति र पार्टी एकता फरक पाटा हुन् । विज्ञप्तिमा सन्दर्भमा मैले अघि पनि भने । विज्ञप्तिका बारेमा त्यति धेरै आत्तिनु पर्ने कुरा केही छैन । जहाँसम्म पार्टी एकताको कुरा छ । त्यसमा चाँहि हाम्रो पनि असन्तुष्टि छ । हो, यसमा हामी सबै क्षुब्ध र असन्तुष्ट छौं । पार्टीमा जुनप्रकारको कार्यशैली विकास भएको छ, त्यसमा कहीँ न कहीँ हाम्रो नीतिमै दोष छ भन्ने पनि लागेको छ । हामीमा लामो राजनीतिक सोच छैन । तदर्थतावाद हाबी छ । राजनीतिले त रणनीतिको माग गर्छ । कार्यक्रमको माग गर्छ । कार्यनीतिको माग गर्छ । तर, दैनिक राजनीति सुविधाको राजनीतिमा केन्द्रित हुँदो रहेछ । जे सुविधा हुन्छ, त्यही बोलीदिने । त्यतातिर हाम्रो आन्दोलन खस्किँदै गएको छ । अब पार्टीलाई पतन हुनबाट जोगाउने भनेको वैचारिक संघर्षले हो । अस्ति स्थायी समितिको बैठक भयो तर त्यहाँ बढी कचकचे कुरा मात्र भइरहेको छ । यस्ता प्रवृत्ति र बहसले समस्याको समाधान हुँदैन । वित्त पुँजीलाई औद्योगिक पुँजीमा फेर्ने हाम्रो कार्यनीति हुनुप¥यो पश्चिमी देशको नागरिकता पाउँदा घरमा भोज खुवाउने, सबैलाई बोलाउने सांस्कृतिक अधोपतन भइराखेको छ । त्यसलाई रोक्नु जरुरी छ । देशभक्त नागरिक पैदा गर्न जरुरी छ । जसका लागि शिक्षा नीति परिवर्तन गर्न जरुरी छ । जसमा बजेट पनि थप गर्नुपर्छ । राजनीतिका नेताहरू मौका प¥यो कि विदेश कुद्छन् । उपसचिवभन्दा माथिका कर्मचारी २५ प्रतिशतभन्दा बढी जहिले पनि विदेश गाको देखिन्छ । शिक्षकलाई खोइ पठाएको ? उनीहरूले सिकेर आएपछि समाजलाई पढाउँछन् ।