प्रणय दिवसको अवसरमा चन्द्रागिरिमा मनोरन्जनात्मक कार्यक्रम

चन्द्रागिरि । एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा फागुन २ गते (फेब्रुअरी १४), बिहिबार मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गरेको हो । कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार२२५२० मा संचालन हुने छ । प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३,९९९।– तथा प्रति व्यक्ति २,४९९।– को प्याकेज पनि प्राप्त गर्न सक्नु हुनेछ । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्नुहुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।