विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

maitrinews

 

काठमाडौं । विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन। विवेकशील साझाका प्रवक्ता डा। सुर्यराज आचार्यका अनुसार शान्तीपूर्ण सालिन प्रदर्शनमा सरकारले धरपकड गरेको आरोप लगाएका छन। विवेकशील साझाका नेता, कार्यकर्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडी शान्तीपूर्ण प्रदर्शन गरिरहेका बेला प्रक्राउ गरिएको प्रवक्ता डा। आचार्यले बताए।