अधिकार विकेन्द्रीकरण मात्र होइन शक्ति पनि हस्तान्तरण : प्रधानमन्त्री ओली

maitrinews

 

धनगढी। सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा भइरहेका जति पनि गतिविधिहरु छन् ती गतिविधि भारतसँगको सम्बन्ध विगार्न लागेको बताउनुभएको छ ।
सरकार गठन भएको एक वर्ष पुगेको र सरकारले १६ वटा कानुन निमार्ण गरेको पनि उहाँले संसदमा जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको विकासका लागी संघिय सरकारले ठुला योजनाहरु निमार्ण गर्नतर्फ लागेको र यो प्रदेशका जनताका भावना र चनाहरुलाई मध्यनजर गदै सरकारले प्रदेश सरकार संघ समन्वय गरी अघि ढ्ने बताउनुभयो।

सरकारले लोकतन्त्रको संरक्षरण गर्न नेपालका शान्ती सु व्यवस्था स्थापना गर्न लागी सरकार लागी परेको प्रदेश सभामा जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले जनताले अहिले हामीलाई दुई तिहाई बहुमत दिएका छन्, पाँच वर्ष भित्र जनता मान्डेड पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सभालाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले सुदुरपश्चिम प्रदेशको विकास र शान्ती सुरक्षालाई बलियो बनाउन प्रदेश सरकारलाई निर्देन दिनुभयो। प्रदेशको विकास तथा सम्भावनाबारे धारणा राख्दै ओलीले अधिकार विकेन्दीकरण मात्र होइन शक्ति पनि हस्तान्तरण गरेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले अहिले देशमा भइरहेका क्रियाकलाप देश र जनताका हित विपरित भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्री ओलील हिंसात्मक गतिविधि सरकारको लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो,‘क्रान्तिका नाममा लफ्फोजीको काम छैन। क्रान्तिका नाममा हिंसात्मक कार्य भएका छन्। राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेका छन्। राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउँने खालका कामहरु हुँदैछन्। यस्ता विकासका बाधक र हिँसात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन।’

प्रधानमन्त्री ओलीले जनतालाई आतंकित पार्ने, अन्तर्राष्ट्रिय दुनियाँमा नेपालको बद्नाम गर्ने कार्यहरु सरकारको लागि स्वीकार्य हुँदैनन्। अरुण तेस्रो माथि तोडफोड गर्ने, बम पड्काउने काम भइरहेका छन्। यो जम्मै हुनुको कारण नेपाल–भारतसँगको सम्बन्ध बिगार्न र अन्तर्राष्ट्रिय लगानी नभित्रियोस् भन्ने गलत सोचाइले भएका छन्।’

साथै उहाँले २००७ सालमा भारतमा भागेका राजालाई डोकोमा बोकेर ल्याएर देश र जनताले दुःख पाउनु परेको बताउनुभयो। उहाँले भन्नुभयो,‘केही शक्ति प्रतिगमनको बाटो बनाउँदैछन्। नेपाली जनता त्यति मुर्ख छैनन्। हिजो २००७ सालमा भारतमा भागेर गएका राजालाई डोकोमा बोकेर ल्याएर दुःख भोग्नु पर्यो। फेरी त्यहि प्रतिगमन चाहँदैनन्।’