नेकपाको संयुक्त बैठक, कार्यदलले एक साताको समय माग्यो

maitrinews

 

काठमाडौँँ । सांगठनिक एकताको लागि गठित नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले एकताको बाँकी काम टुंग्याउन सचिवालयसँग एक हप्ताको समय माग गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालयसहितको संयुक्त बैठकमा कार्यदलले थप एक हप्ताको समय माग गरेको हो । स्थायी कमिटीले गठन गरेको ९ सदस्यीय कार्यदलले एक साता समयदिए सबै विषय टुंगो लगाउन सक्ने भन्दै समय माग गरेको हो ।

बैठकपछि संचारकर्मीसँँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलका सदस्यसग छलफल र राय मागेको बताउनुभयो । उहाले कार्यदलबाट आएका सुझावपछि सचिवालयको मात्र बैठक बसेको बताउदै भोली विहान ९ बजे पुन बसेर थप निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

तीन महिनामा सवै तहको सांगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगाउन दवाव परिरहेको छ ।