भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा

maitrinews

 

काठमाडौं । पछिल्लो समय भेनेजुएलाको राजनीतिले विश्वभर प्रभाव पार्दै गएको छ । विभिन्न देशहरुले आफ्नो तर्फबाट आफू सुहाउँदो भूमिका खेलिरहेका छन् ।
भेनेजुएलामा सत्ताधारी र प्रतिपक्षीको आ–आफ्नो राजनीतिलाई विश्वका राष्ट्रहरुले पनि समर्थन र विरोध गरिरहेका छन् । तर वर्तमान राष्ट्रपति निकोलस मडुरो भने थप आक्रामक बनेका छन् ।
उनले ब्राजिलसँगको सीमा बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मडुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।
मडुरोले कोलम्बियासँगको सीमा पनि बन्द गर्नेबारे छलफल चलिरहेको बताएका छन् ।
आफूलाई अन्तरिम राष्ट्रपति स्वघोषित गरेका विपक्षी नेता जुवान गुआइडोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि पठाएको मानवीय सहायता सामग्री बोकेका विमान सीमावर्ती कोलम्बियन शहर कुकुता पुगेका छन् ।
तर सीमामा राष्ट्रपति मडुरोको समर्थनमा रहेका सैनिकको अवरोध छ । मडुरोले भेनेजुएलामा कुनै पनि किसिमको मानवीय सहायताको खाँचो नरहेको बताउँदै आएका छन् ।