प्रदेशसभा सदस्य उत्तर कुमार ओली प्रति श्रद्धाञ्जलि अर्पण

maitrinews

काठमाडौँ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शवमा पार्टीको झण्डा ओढाउदै प्रधानमन्त्री केपीशर्मा ओलीले अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी९नेकपा०को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।

पार्टी कार्यालय धुम्बाराईमा आज विहान प्रदेशसभा सदस्य ओलीको शवमा अन्तिम श्रद्धान्जली व्यक्त गरिएको हो । सडक दुर्घटनामा परी घाइते हुनुभएका ओलीको गए राति निधन भएको थियो ।
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार गरिए पनि राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।
दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिनुभयो । ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बन्नुभएको थियो ।
दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।