स्प्राईट डबल डोज–रिफ्रेस् पनि रिचार्ज पनि, प्रत्येक दिन रु १० रुपैयादेखि १० हजारसम्मको रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ जित्ने मौका

maitrinews

 

काठमाडौं । नेपालकै प्रतिष्ठित पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको “स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । स्प्राईटले धेरै उपभोक्तमाँझ पुगेर उनीहरुलाई रिफ्रेस् बनाउने उद्देश्यले यस क्याम्पेन सार्वजनिक गरिएको छ । यस क्याम्पेनमा ग्राहकहरुले कोका–कोला ब्राण्डका स्प्राईट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्नेछन् ।
स्प्राईटले यस अभियानको टिभीसी पनि सार्वजनिक गरेको छ । उक्त टिभी कमरसीयलमा स्प्राईटका ब्राण्ड एम्बेस्डर अनमोल के.सी., अभिनेत्री सुपुष्पा भट्ट र युट्यूबर जिबेश गुरुङ रहेका छन् । टिभीसीमा अनमोल प्रचण्ड गर्मीमा कलेजको क्यान्टीनमा बसेर स्प्राईटको आनन्द लिइरहेका हुन्छन् । सुपुष्पा गर्मीले पसिनै पसिना भएर मुख छोपेर अनमोल नजिकैबाट हिडिरहेकी छिन् भने आफ्नो फोनमा ब्यालेन्स नभएर दुखी पनि देखिन्छिन् । त्यो देखेर अनमोलले स्प्राईटलाई हेर्छन् र मुस्कुराउँदै कुलरबाट स्प्राईट झिकेर बिर्को निकाल्छन् र सुपुष्पालाई दिन्छन् । त्यसपछि उनले सुपुष्पालाई युनिक कोड भएको बिर्को पनि दिन्छन् जसमार्फत सुपुष्पाले रिचार्ज जित्न सक्नेछिन् ।
टिभीसीमा देखाए जस्तै ग्राहकहरुले स्प्राईट खाएर रिफ्रेस हुनुका साथै आफ्नो फोनमा रिचार्ज गर्न पनि सक्नेछन् । उक्त क्यापेनमा प्रोमोस्नल क्रियाकलाप, ग्राउन्ड एक्टीभेसन हुनेछन् ,साथै राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा विजेताहरुको नाम घोषणा गरिनेछ ।
यस अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ (ूग्ल्क्ष्त्तग्भ् ऋइम्भ्ू बलम क्ःक् ष्त तय घटठटड० मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागू हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध छ । थप जानकारीको लागि राष्ट्रिय दैनिक र कोकाकोला नेपालको अधिकारिक फेसबुक पेज हेर्न नभुल्नुहोला ।