द ब्रिटिस कलेजले आयोजना गरेको अन्तर कलेज फोटोग्राफी प्रतियोगिता सम्पन्न

maitrinews

 

काठमाडौँ । द ब्रिटिस कलेजले आयोजना गरेको अन्तर कलेज फोटोग्राफी प्रतियोगितामा एभरेष्ट फिल्म एकेडमीका विजयवार प्रधान, आएसएमटीका राजु महर्नज र काठमाडौँ विश्वविद्यायल स्कुल अफ एजुकेशनका आयुष चित्रकार विजयी भएका छन् ।
तीन विधामा फोटोग्राफी प्रतियोगिता गराइएको थियो । उनीहरुले क्रमशः
स्पोर्टस, कलेज लाइफ र ट्राभल विधामा विजयी भएका हुन् । यस फोटोग्राफी
प्रतियोगितामा सहभागी सयौँजना विद्यार्थीहरुलाई पछि पार्दै उनीहरु विजयी भएका
हुन् ।
यस फोटोग्राफी प्रतियोगिताका जजहरु द ब्रिटिस कलेजका प्रिन्सिपल जोय फोस्टर
एलिस, फोटोग्राफी एक्सपर्ट प्रसित स्थापित र पुकार तिमल्सेना रहेका थिए ।
पहिलो सर्ट लिस्टमा २० वटा फोटाहरु छानिएका थिए भने दोस्रो सर्ट लिस्टमा १५
वटा फोटाहरु छानिएका थिए ।
यस कार्यक्रममको मुख्य प्रायोजक टर्किस एयरलाइन्स, एनआइसी एसीया र
अल्फाबिटा रहेका थिए ।