वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु, एक जना घाइते

Maitrinews

 

काठमाडौँ । वीर अस्पतालमा निर्माणाधीन सर्जिकल भवनको लिफ्ट चुडिँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएको अस्पतालका निर्देशक डा। किरण श्रेष्ठले जानकारी दिए ।

निर्देशक डा। श्रेष्ठका अनुसार नयाँ भवनमा सामान लोड गरी झार्ने क्रममा लिफ्ट चुडिएको हो । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेको अस्पतालले जनाएको छ । बिहीबार साँझ सामान झार्ने क्रममा लिफ्ट चुडिँएको हो । घटनाको छानबिन गर्न प्राविधिक टोली बोलाएर अनुसन्धान भइरहेको छ । घटना कसरी भएको हो रु हामीले अनुसन्धान थालेका छौँ श्रेष्ठले भने ।