काँग्रेस केन्द्रीय समितिद्वारा पार्टीको विधान बहुमतले पारित, पौडेल र सिटौलाको विरोध

 

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको विधान बहुमतले पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकल पुरानै व्यवस्थालाई यथावत राख्दै विधान पारित गरेको हो । विधान संशोधन समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा विधान पेस गरेका हुन् । पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि र पूर्वपदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्थासहित विधान पारित भएको छ । विधान पारित भई कार्यान्वयनमा आएसँगै काँग्रेसमा संघीय संरचनाअनुसार पार्टीको सांगठानिक संरचना बन्नेछ ।

यो विषयमा केन्द्रीय कार्यसमितिबाट एक महिना लामो छलफल चल्दा पनि नेताहरुबीच सहमति हुन नसक्दा विधान बहुमतले पारित भएको छ । तर वरिष्ठ नेता नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले विरोध जनाएको छ । उनीहरुले सबै नेताहरु बुथबाटै निर्वाचित भएर आउनुपर्ने अडान राखेका थिए ।

देउवा पक्षले बहुमतले विधान पारित गरपछि पौडेल, सिटौला, अर्जुनरसिंह केसी, डा। रामशरण महत, दिलेन्द्रप्रसाद बडु, नविन्द्रराज जोशी, गगन थापा, प्रदिप पौडेलले नोट अफ डिसेन्ट लेखेका छन्

पार्टीलाई मुलकको संरचनाअनुसार परिवर्तन गर्ने चन्दै गएको भदौ ७ गते पार्टी सभापति देउवाले विधान संशोधनका लागि मस्यौँदा समिति गठन गरेका थिए । पार्टीको विधान २०१७ ९संशोधित र परिमार्जित० लाई संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा मस्यौँदा समिति गठन भएको थियो ।

पार्टीको विधान संविधानअनुसार संघीय संरचनाअुरुप बनाउनुपर्ने जिम्मेवारी पाएको उक्त समितिले झण्डै दुई महिना लगाएर केही फरक मतसहित विधानको मस्यौँदा तयार ग¥यो । जुन मस्यौँदा काँग्रेसको महासमिति बैठकमा पेश भयो । र सर्वसम्मत रुपमा पारित पनि भएको थियो ।