नेपाली सुरक्षा संयन्त्र ‘अलर्ट’, विमानस्थल र सीमामा उच्च सतर्कता

 

काठमाडौं । भारत पाकिस्तानबीच द्‍वन्‍द्‍व चर्कदै जाँदा नेपालले सीमा क्षेत्र, विमानस्थल र अन्य क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। दुई देशबीच तनाव बढ्दै गएपछि सम्भावित घुसपैठ रोक्नका लागि सुरक्षा सतर्कता बढाइएको हो।

भारत पाकिस्तानविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनका लागि सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन समेत दिइएको छ। भारत पाकिस्तानको द्‍वन्‍द्‍वले नेपालमा पार्नसक्ने सम्भावित चुनौतीबारे नेपाली सुरक्षा निकाय ‘अलर्ट’ छन् ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमानाका कारण हुनसक्ने घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको बताए।

ूविमानस्थल र भारतसँग जोडिएको सीमा क्षेत्रमा निगरानी बढाएका छौं । यस्तो अवस्थामा शरणार्थी भित्रिने सम्भावना रहन्छ । यसबारे पनि सचेत छौंू, प्रवक्ता सुवेदीले भने।

नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुरक्षा सतर्कता र चेकजाँचमा समेत कडाई पारिएको सुवेदीले बताए ।

गत आइतबार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको एउटा विमान अपहरणको प्रयास भएपछि विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको हो। प्रवक्ता सुवेदीले कुनै पनि देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार र सुरक्षा निकाय प्रतिबद्ध रहेको बताए।

यस्तै भारत(पाकिस्तान द्‍वन्द्‍व चर्किँदा दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै सरोकारवाला निकायसँग पनि समन्वय भइरहेको एसएसपी सुवेदीले बताए। फेब्रुअरी १२ मा जम्मू कास्‍मिरमा ४६ जना सुरक्षाकर्मीको ज्यान गएपछि दुई देशबिच द्‍वन्‍द्व चर्किएको हो ।