पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

maitrinews

 

काठमाडौँ । सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामवहादुर थापाले जानकारी दिनुभयो ।

हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने र आज देशैभर शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय भएको उहाँले बताउनुभयो ।

स्वर्गीय अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गर्नको लागि सरकारले सबै व्यवस्था गर्ने पनि निर्णय भएको छ । आज देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम, नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकासप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने रहनुभएको छ ।