उपत्यका आसपासका डाँडामा बाक्लो हिउँ

maitrinews

 

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षासँगै काठमाडौं उपत्यका आसपासका डाँडामा बाक्लो हिउँ परेको छ । हिउँ परे पनि अहिले काठमाडौंमा घाम लागेको छ । बिहीबार पनि उपत्यकासहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । शुक्रबार बेलुकाबाट मौसममा सुधार आउने अनुमान छ ।