राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि गरिंदै

maitrinews

 

पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । काठमाडौंमा श्रदाञ्जलीसभा गरी दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर मध्याह्न पोखराको विमानस्थलमा ल्याएको हो ।

नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि शवयात्रा गरिने छ । शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिनुभएका अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।