भारत—पाकिस्तान शान्तितर्फ अग्रसर हुनुपर्छ : राष्ट्रपति भण्डारी

maitrinews

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सहअस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो।
राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण गराउनुभयो । ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन् ।