रामघाटमा सबैको एकै आवाजः ‘पोखरेलीको एउटा दियो झ्याप्प निभ्यो’

पोखरा । ताप्लेजुङबाट काठमाडौं फर्कनेक्रममा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको आज उहाँकै गृहजिल्ला कास्कीमा अन्त्येष्टि गरिएको छ ।
उहाँको कास्कीको पोखरा रामघाटमा राष्ट्रियसम्मानका साथ अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र छोराहरु विराज तथा स्वराजले दागबत्ती दिनुभएको छ ।

उहाँको पार्थिव शरीरलाई काठमाडौंबाट पोखरा पु¥याउने वित्तिकै उहाँको अन्तिम बिदाइका लागि हजारौको उस्थिति रहेको थियो । पोखरेली जनताहरु अधिकारीको शव पोखरा पुग्ने बित्तिकै निक्कै भावविह्वल बनेका थिए । हजारौंका आँखा रसाएका देखिन्थे भने, कोही अधिकारीको शव हेर्न नसकेर आँसु पुछ्दै निस्केका दृष्यहरु निक्कै भावविह्वल देखिन्थे । अन्तिम श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा राखिएको अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
काठमाडौंबाट अधिकारीको शव पोखरा पु¥याएपछि श्रद्धाञ्जलीसभादेखि राजकीय सम्मानका साथ गरिएको थियो ।

स्वर्गीय अधिकारीको पार्थिव शरीर पोखरास्थित प्रदर्शनीस्थलमा श्रद्धाञ्जलीका लागि राखेपछि हजारौ सहभागि भएको शवयात्रासहित रामघाट पु¥याइएको थियो । उहाँको पार्थिव शरीरलाई नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म पु¥याउँदा हजारौ सर्वसाधारण भावविह्वल भएका कारुणिक दृष्यहरु देखिन्थे । अधिकारीको निजी निवास पोखराको मालोपटनस्थित घरमा गरिने छ । काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ ।

पोखरेली माटो मै जन्मिहुर्की राजनीतिकको शिखर चढ्दै गर्नुभएका रवीन्द्र अधिकारी अहिले हामी सबैका सामुबाट सदासदाका लागि बिदा हुनुभएको छ । उहाँको भौतिक शरीर हाम्रा सामू नभएपनि उहाँको विगतलाई सम्झेर भावविह्वल हुनेहरुको संख्या कम छैन । पोखरेली जनताका मात्र होइन, सारा नेपालीका प्यारा बन्नुभएका अधिकारीको भौतिक शरीर विलय हुँदै गर्दा पोखरेली जनताका लागि भने कहिल्यै निको नहुने घाउ बनेर जानुभएको छ । उहाँको पार्थिव शरीरको अन्त्येष्टिका लागि आज रामघाट पुगेका हजारौ पोखरेलीका आँखा रसाएका थिए । उनीहरुका गला अवरुद्ध बनेका थिए । अनि अनुहार मलिन बनेका देखिन्थे । सबैको एकै आवाज थियो पोखरेलीको एउटा दियो झ्याप्प निभ्यो ।