अनुभवी नेता गुमाउनुपर्दा मर्माहत,ओली र प्रचण्डद्वारा दुःख व्यक्त

maitrinews

काठमाडौं । नेकपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।

ओली र प्रचण्डले एक संयुक्त शोक वक्तव्य जारी गर्दै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छन् ।

साथै, शोकको यस घडीमा उनकी जीवनसंगिनीसविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका अधिकारीमा रहेको भन्दै अनुभवी नेता गुमाउनुपर्दा आफूहरु मर्माहत भएको पनि उल्लेख छ ।

शोक वक्तव्य
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा पूर्वउप्रधानमन्त्री कमरेड भरतमोहन अधिकारीको हिजो राती ९।३५ बजे काठमाडौँस्थित ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको छ । पार्टी निर्माण, लोकतान्त्रिक संघर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता गुमाउनुपर्दा हाम्रो पार्टी मर्माहत भएको छ ।

विक्रम् सम्बत् १९९३ बैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिनुभएका कमरेड भरतमोहन अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न÷जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराउनुभएको थियो । १६ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका उहाँले २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गर्नुभएको थियो भने ०१९ मा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन हुनुभएको थियो ।

कम्युनिस्ट आन्दोलनलाई जोगाउन र अघि बढाउन सक्रियतापूर्वक लाग्नुभएका उहाँले पूर्व कोशी प्रान्तीय कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै ०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । ०३५ सालमा कमरेड मनमोहन अधिकारीको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरोमा रहनुभएका उहाँ ०४३ मा कमरेड साहना प्रधानले नेतृत्व गरेको नेकपा ९पुष्पलाल समूह० सँग एकतापछि निर्मित नेकपा ९माक्र्सवादी० को पनि पोलिट्ब्युरो सदस्य रहुनुभएको थियो । ०४६ सालको जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वाारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्यका रुपमा उहाँले जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

०४७ मा तत्कालीन नेकपा ।९माले० र नेकपा ९माक्र्सवादी० बीच एकता गरी नेकपा ९एमाले० निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कमरेड अधिकारी ०७१ मा पार्टीको सक्रिय राजनीतिबाट विदा नलिँदासम्म स्थायी कमिटी सदस्य रहनुभएको थियो । पार्टीमा रहँदा उहाँले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय कमिटी जस्ता पार्टी कामको नेतृत्व गर्नुभएको थियो ।

सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका राख्नुहुने कमरेड भरतमोहन अधिकारीले राजकीय क्षेत्रमा निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा मोरङ– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कमरेड अधिकारी ०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य हुनुभएको थियो । संसद्भित्र उहाँले अनुभवी सांसदका रुपमा काम गर्नुका साथै पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । ०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर जनविश्वास हासिल गर्नमा उहाँले निर्वाह गरेको भूमिका जनस्तरमै स्थापित छ । ०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहनुभएका कमरेड भरतमोहन अधिकारीले ०६३ मा अन्तरिम संविधान र ०७२ मा संविधानसभाबाट नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

कमरेड अधिकारीले ०५१ र ०५५ सालमा अर्थमन्त्री, ०५३ सालमा निर्माण तथा यातायातमन्त्री तथा ०६१ र ०६७ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी बहन गर्नुभएको थियो ।

कमरेड भरतमोहन अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु(याउनुभएको योगदानको उच्च सम्मान गर्दै हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, शोकको यस घडीमा उहाँकी जीवनसंगिनी कमरेड सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।