महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था

maitrinews

 

पशुपतिमा शिवरात्री सुरक्षाः गाँजामा प्रतिबन्ध, १० रुटमा सवारीसाधन प्रवेश निषेध

 

काठमाडौं । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा सुरक्षालाई मध्यनजर गर्दै ४३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले ३ हजार प्रहरी नियमित पोशाकमै कार्यक्षेत्रमा खटाउने छ भने सादा पोशाकका प्रहरी पनि परिचालन हुनेछन् । नेपाल प्रहरीका अलावा शसस्त्र प्रहरी पनि पशुपतिमा सुरक्षाका लागि परिचालन हुनेछ । सशस्त्र प्रहरीका डिआइजी सुरज श्रेष्ठका अनुसार सशस्त्र प्रहरी पनि पशुपति क्षेत्रमा एसपीको कमाण्डमा १३ सय सशस्त्र प्रहरी सुरक्षाका लागि खटिनेछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार दर्शनार्थीलाई व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी  पूरा भएको छ । डिआइजी क्षेत्रीले भने, ‘‘आवश्यक सबै सुरक्षाको प्रबन्ध गरिएको छ । सबैले सुरक्षित तरिकारले दर्शन गर्न पाउनेछन् ।’’ पकेटमारी, चोरी लगायतका सम्भावित घटनाहरुलाई मध्यनजर गर्दैै सादा पोशाकमा समेत उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको उनले बताए । प्रहरीबाहेक पशुपति क्षेत्र विकास कोषको समवन्यमा स्वयंसेवक लगायत अन्य पनि मेलालार्ई व्यवस्थित गर्न सघाउनेछन् ।

यस्तो छ पार्किङ व्यवस्थापन