झापाको सुखानीमा नेकपाका अध्यक्षद्धयले सम्बोधन गर्ने

maitrinews

 

काठमाडौं । झापा विद्रोहका क्रममा मारिएका ५ जना अग्रणी नेताहरुको सम्झनामा आज झापाको सुखानीमा छयालिसौ स्मृति दिवस मनाइदै छ ।

२०२९ साल फागुन २१ मा शुखानीमा नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेस्ठलाई जेल सार्ने बहानामा गोली हानि हत्या गरिएको थियो । त्यस समय झापा विद्रोहको नेतृत्व केपीशर्मा ओली, सिपि मैनाली लगायतका नेताहरुले गर्नुभएको थियो ।

शहीदहरुको सम्झनामा इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा आज प्रधानमन्त्री केपीशर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

आन्दोलनका क्रममा माइनगरपालिकाको सुखानी जंगलमा हत्या गरिएका पाँच जना शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा अध्यक्षद्वयले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

सुखानीमा भएको हत्याको सम्झनामा नेपाल कम्युनिष्ट पार्टीले हरेक बर्ष फागुन २१ गते स्मृतिदिवस मनाउदै आइरहेको छ ।