प्याराग्लाइडिङ दुर्घटनामा रुसी नागरिकको मृत्यु

maitrinews

 

काठमाडौं । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।
यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।