९१ वर्षीया पूर्ववडामहारानी रत्न अस्पतालमा

maitrinews

 

काठमाडौँ । पूर्ववडामहारानी रत्न शाह बिरामी हुनुभएको छ । उमेरले ९१ वर्ष पुगेकी रत्न एक सातादेखि खोकीले सताएपछि अस्पताल भर्ना हुनुभएको हो ।

उहाँलाई निरन्तर सुख्खा खोकी लाग्ने भएपछि हैरान भएर नर्भिक अस्पताल लगिएको हो । उहाँलाई हाल पातलो दिसा हुने र पिसाब कम हुने समस्या पनि देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उहाँको उपचारमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्रश्री बास्तव खटिएका छन् ।

रत्नका छोरा बुहारी पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह तराई भ्रमणमा हुनुहुन्छ ।