दुर्घटना बढेपछि बन्द गरियो प्याराग्लाइडिङ

maitrinews

 

पोखरा । पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उडानमा रोक लगाउने भएको छ । दिनहुँजस्तो दुर्घटनाबाट सर्वसाधरणको मृत्यु बढदै गएका कारण महानगरले आजबाट प्याराग्लाइडिङ्गबाट उडाउने कार्य रोक्न भनेको छ ।

साथै महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारणपनि प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाइएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत २०७२ यता महानगरलाई कर बुझाएका छैनन् भने कतिपय कम्पनिदर्ता पनि भएका छैनन् ।

अहिलेसम्म कम्पनीहरुले १ लाख ८६ हजार रुपैयाँ कर तिर्न बाँकी नै छ । तत्कालीन सराङकोट गाविस हुँदा वार्षिक १ लाख २५ हजार रुपैयाँ पर्यटन कर तोकिएको थियो । त्यतिबेला कम्पनी थोरै थिए ।

पछि कम्पनी बढि भएपछि वार्षिक ५५ हजार रुपैयाँ सम्म गाविसले कर तोकेको थियो । पोखरामा प्याराग्लाईडिङ उडाउने ५६ वटा कम्पनी छन् । तिमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेको बताईएको छ । एउटा बाहेक कुनै पनि कम्पनी महानगरमा दर्ता नभएको महानगरले जनाएको छ ।