टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद 

Maitrinews

 

काठमाडौँ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशमलाल चौधरीलाई मुख्य दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको छ । अदालतले बुधबार चौधरीसहित ११ जनालाई २० वर्ष कैद सजाय फैसला गरेको हो । यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको छ। ३ जनाले भनेसफाइ पाएका छन्।दुवै पक्षबाट ६ दिनसम्म उक्त मुद्दामा चलेको बहस मंगलबार सकिएपछि आज फैसला भएको हो।तहाावर अलि जागा -नुरुल अलि जागा), विसराम चौधरी -कुस्मी) र रामनरेश चौधरीले सफाइ पाएका छन् ।

प्रतिवादीमध्ये श्रवण चौधरीले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११(३) अनुसार आधा अर्थात् १० वर्ष मात्रै जेल बस्नु पर्ने छ।

उक्त मुद्दा ५८ जना प्रतिवादी छन्। जसमध्ये ३१ जना फरार छन् भने पुर्पक्षका लागि थुनामा रहेका २७ जनाकाे मात्रै बुधबार फैसला भएको हो।

कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीले डिल्लीबजार कारागारबाट सिंहदरबार गएर गत पुसमा सा‌ंसद पदको शपथ लिएका थिए।

एक बालकसहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद चौधरीलाई पुर्पक्षका लागि कारागार राखिएको थियो।घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

जन्मकैद सजाय तोकिएकाहरु

  • रेशमलाल चौधरी
  • हरिनारायण चौधरी
  • राजकुमार कठरिया
  • सुन्दरलाल कठरिया
  • वृज मोहन डगौरा
  • राजेश चौधरी
  • वीरबहादुर चौधरी
  • प्रदीप चौधरी
  • सीताराम चौधरी (विद्रोह)
  • श्रवण चौधरी
  • गंगाराम डगौरा चौधरी
    तीन वर्ष कैद सजाय पाउनेहरु

लक्ष्मण थारु (चौधरी)

लाहुराम चौधरी

रामकुमार कठरिया

सन्तराम चौधरी

जितबहादुर डगौरा (विश्राम)

प्रेमबहादुर चौधरी

किशनलाल चौधरी

दिलबहादुर चौधरी

सन्तोष थारु चौधरी (संगम)

विश्राम चौधरी

चुन्कीराम चौधरी

तीन वर्ष कैद पाउनेमध्येका १० जना आजै थुनामुक्त हुने र चुन्नीराम चौधरी फागुन ३० गते छुट्ने छन् ।