अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेला आयोजना गरिँदै, राष्ट्रपतिबाट उद्घाटन हुने

maitrinews

 

काठमाडौँ । नेपाल १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला २०७५ को आयोजना गरिँदै छ । शुक्रबारदेखि सुरु हुने यो कार्यक्रम राजधानीको भृकुटीमण्डपमा हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विहान पौने ११ बजे विशेष समारोहबीच कार्यक्रम उद्घाटन गर्नुहुनेछ ।