विप्लव माओवादीका नेताको घरमा छापा, अत्याधुनिक हतियार बरामद

Maitrinews

कपिलवस्तु । कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टालीले छापा हानेर विप्लव नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले एसएमजी सर्ट मेशिन गन २ थान र चाइनिज पेस्तोल एक थानसहित अत्याधुनिक हतियार बरामद गरेको प्रहरी उपरीक्षक९एसपी० अच्युतम पुडासैनीले बताए। उनका अनुसार प्रहरीले एसएमजी दुई नाल , त्यसमा लाग्ने म्यागजीन ३ ओटा , ६८ राउण्ड गोली चाईनीज पेस्तोल एक थान त्यसमा लाग्ने म्यागजीन २ ओटा र एनसिक्सटीन हतियारको १२९ राउण्ड गोली लगात गरी २ सय २ थान गोली बरामद भएको छ। यस्तै,वायरिङ तार ४० मिटर र रिमोट एकथान वरामद गरेको प्रहरीले वताएको छ।

प्रहरीले छापा हान्न्ने क्रममा रोका भाग्न लाग्दा प्रहरीेले उनीमाथी गोली समेत प्रहार गरेको सुरक्षा श्रोतको भनाई छ। रोको खुट्टामा गोली लागेको र उनी समान्य घाइते भएका छन। उनको बुटवलमा उपचार भइरहेको बताइएको छ। स्थानीय अनुसार प्रहरीले प्रहरीले शिवगढीको तुरुन्तपुर ,भगवानपुर लगायतका स्थानमा छापा मारेको छ। बिप्लवका भान्जा यादव चन्दको घरमा प्रहरीले छाप हान्दा स्थानीयले प्रतिकार गरेपछि केही बेर स्थिति तनावग्रस्त बनेको थियो। अहिले भने स्थिती सामान्य रहेको छ।

नेपाल राष्ट्रिय आधारभुत विधालयका प्राध्यानाध्यापक समेत रहेका चन्दको घरमा छापा मार्दा विधार्थी र स्थानीय वासीले प्रहरीलाई अवरोध पुराएका थिए। स्थानीयको अवरोधका विच प्रहरीले चन्दको घरमा भने छापा मार्न सकेन्। चन्दले प्रहरीले विना पुर्जी छापा मार्न खोजेकाले विवाद भएको बताएका छन। स्थानीयले पक्राउ परेका रोका निर्दोष रहेको , प्रहरीले अनाकमा फसाउने काम गरेको भन्दै रिहाईको माग गर्दै प्रर्दशन समेत गरेका थिए। शिवगढी नेत्र बिक्रम चन्द र उनका दाई चन्द्र बहादुर चन्द्रको गाउ हो। माओबदी सशस्त्र युद्धकालनि सयमा शिवगढीलाइ सनो रोल्पाकारुपमा मानिन्थ्यो। शिवगढीमा बिप्लवका सबै भन्दा बढी कार्यकर्ताहरु रहेको सुरक्षा श्रोतको भनाई छ। शिवगढी क्षेत्रमा ब्यापक प्रहरी पचिालन गरिएको एसपी पुडासैनीले बताए। एनसेलको टावरमा देशब्यापीरुपमा आगजनी गरिए पछि गृह मन्त्रालयको आदेशमा छापा मारिएको सुरक्षा स्रोतले जनाएको छ।