जिल्ला सभापतिहरूलाई विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

maitrinews

 

मोरङ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ५६ जिल्ला सभापतिहरूलाई विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । विराटनगरमा पत्रकारहरूसँग गर्दै सभापति देउवाले कार्य समितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिएका हुन् ।

‘पार्टीका जिल्ला सभापतिहरूको कतिपय विषयमा असहमति हुन सक्छ र कतिपय कुरा जायज पनि हुन सक्छ,’उनले भने,‘जिल्ला सभापतिहरू कुरो बुझ्छु ।’
कांग्रेसका ५६ जिल्ला सभापतिहरूले मङ्गलवार संयुक्तरुपमा विज्ञप्ति निकालेर स्वतः प्रतिनिधिको प्रावधान संशोधन नगरे विशेष केन्द्रीय महाधिवेशन बोलाउन हस्ताक्षर गर्ने चेतावनी दिएका थिए । उनीहरूले समानुपातिक तथा समावेशी कोटा दोहोर्‍याउन नपाउने व्यवस्था समेत विधानमा राख्नुपर्ने माग गरेका हुन् ।

कांग्रेसको ०७५ पुस २९ गते देखि ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा अधिकांश महासमिति सदस्यहरूले विधानमा उल्लिखित स्वतः प्रतिनिधि सम्बन्धित प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्न म्यान्डेट दिएका थिए । तर केन्द्रीय कार्य समितिको बैठकले महासमिति सदस्यहरूले दिएको म्याण्डेटलाई लत्याएर विधान पास गरेका थियो ।

देउवाले महासमिति बैठकमा उक्त विषयहरू उठेको तर निर्णय नभएकाले विधानमा संशोधन नगरिएको दाबी गरे । जिल्ला सभापतिहरूले निकालेको विज्ञप्तिमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त विषयमा विधान संशोधन गर्ने प्रतिबद्धता जनाएको उल्लेख थियो ।