दुई अधिकारीको सम्झनामा श्रद्धाञ्जलिसभा, ओली–प्रचण्डको यस्तो छ प्रतिवद्धता

Mohan Bastola

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले केहि दिनको अन्तरालमा दुई हस्तीलाई गुमाउन बाध्य भयो । वाम लोकतान्त्रिक आन्दोलनका पाका पुस्ताका नेता भरतमोहन अधिकारी र युवा पुस्ताका लोकप्रिय नेता रवीन्द्र अधिकारीलाई नेकपाले केही दिनकै अन्तरालमा सदा–सदाका लागि गुमाउनुप¥यो । पाका नेता भरतमोहनको उपचारका क्रममा ह्याम्स अस्पताल र लोकप्रिय युवा नेता रवीन्द्रको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो । उहाँहरु दुवैको सम्झनामा नेकपाले आज भृकुटीमण्डवमा श्रद्धाञ्जलीसभाको आयोजना ग¥यो । श्रद्धाञ्जलीसभामा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्दै अधिकारीद्वयको निधनले नेकपालाई र मुलुकको लोकतान्त्रिक आन्दोलनलाई नै ठूलो क्षति पूगेको बताउनुभयो ।

सम्बोधनका क्रममा निक्कै भाबुक देखिनुभएका अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीद्वयको सपना पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले दिवंगत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झना गर्दै भन्नुभयो–‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’

प्रधानमन्त्री ओलीले पूर्वउपप्रधान तथा अर्थ मन्त्रीसमेत रहनु भएका दिवंगत नेता भरतमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलन के हो ? भन्ने बुझ्नु भएका र कामबाट चिनिनु भएका नेताका रुपमा चित्रण गर्नुभयो । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीद्वयको परिवारका बारेमा पनि पार्टी र सरकारले उचित निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक वर्षको बीचमा असाधारण कामहरु भएको भन्दै उहाँले आलोचना र टिप्पणी गर्न रुचाउनेहरुको समय छ भन्दै भन्नुभयो– ‘केही पनि भएन । हुँदै भएन । कतै केही भएन भन्ने छँदैछ । यो त मान्छेको बानी नै बनेको छ ।’अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको मृत्यु प्वाँखजस्तो र कसैको मृत्यु पहाडजस्तो हुने भन्दै अधिकारीद्वयको मृत्युलाई पहाडसँग तुलना गर्नुभयो । उहाँले मृत्यु निश्चित भएको भन्दै कस्तो मृत्युवरण गर्ने भन्ने कुरा पनि आफ्नो कर्मले तय गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले समृद्धिको बाटोलाई अघि बढाउँदै नयाँ संस्कार र सुशासनका लागि अघि बढ्न सक्यौ भनेमात्र अधिकारीद्वयको सम्मान हुने बताउनुभयो ।अधिकारीद्वय अहिले हाम्रोबीचमा हुनुहुन्न । उहाँहरुलाई श्रद्धाञ्जलीसभा गरेर सम्झेर मात्रै पनि उहाँहरुको सम्मान नहुन सक्छ । अहिले पाका नेता भरतमोहन अधिकारीहरुले हुर्काएको र युवा नेता रवीन्द्र अधिकारीहरुले मलजल गरेको नेपाल कम्युनिस्ट पार्टी दुई तिहाई नजिकको मतसहित सरकारमा छ । नेपाली जनताले असाध्यै धेरै आशा, अपेक्षा र भरोसा गरेको यो नेकपा नेतृत्वको सरकारले उहाँहरु विकास र समृद्धिका लागि देखेका सपना, जनतालाई देखाएको भरोसा पूरा गर्नका लागि सरकार र पार्टीले विशेष ध्यान दिनसकेमात्र दिवंगत नेताहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । योसँगै पुष्पलाल, मदनभण्डारी र मनमोहनहरुले देखेको सपना पनि साकार हुनेछ ।