नेकपाको प्रदेश २ को आमसभा रौतहटमा , अध्यक्षव्दय ओली र प्रचण्डव्दारा सम्बोधन

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा आयोजना गरिएको छ ।

नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा शुरु भएको आमसभालाई पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लगायत प्रदेशस्तरका नेताले सम्बोधन गर्नुभएको छ ।

नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता सहभागी भएको छन् । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गरेको हो ।