पञ्जाव नेसनल बैंकका सीईओ मेहताको स्वागत

maitrinews

 

काठमाडौँ । हामी एभरेष्ट बैंक लिमिटेडको तर्फबाट हाम्रो साझेदार भारतको पञ्जाव नेशनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री सुनिल मेहताको औपचारीक भ्रमणका लागि हार्दिक स्वागत गर्दछौं ।

१) यसै क्रममा म पञ्जाव नेशनल बैंकका बारेमा केही कुरा राख्न चाहन्छु ।

पञ्जाव नेशनल बैंक सन् १९४७ मा भारत पाकिस्तानको विभाजन भए पछि नयाँ दिल्लि आयो मूलतः यो बैंक लाहोरबाट आएका शरणार्थिहरुको बैंकको रुपमा आएको थियो । त्यस पछि यस बैंकले एक स्थापित बैंकको रुप लिंदै भारतभर विस्तार भयो र हाल यो भारतवर्षको दोश्रो ठूलो बैंकको रुपमा स्थापित छ ।

हाल पञ्जाव नेशनल बैंकको कारोबार १०.८४ लाख करोड (ने.रु. १७.३४ लाख करोड) रहेकोछ । यसका ७००० शाखाहरु रहेका छन् भनें ९००० ए.टि.एम. मेशिन रहेका छन् । पञ्जाव नेशनल बैंकको वृहत् सञ्जाल रहनुका साथै यस बैंकका १४ वटा तालिम केन्द्रहरु रहेका छन् ।

२) एभरेष्ट बैंक लिमिटेडले २५ वर्ष अघि स्थापना हुँदा पञ्जाव नेशनल बैंक संग संयुक्त लगानीकर्ता साझेदारको रुपमा हात बढाएको थियो ।
हल एभरेष्ट बैंक लिमिटेडले आफ्ना ९२ शाखाहरु मर्फत आफ्ना ग्राहकहरलाई स्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएकोछ । हल एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुको संख्या १० लाख नाघि सकेकोछ सायद यो देशकै उच्चतम् ग्राहकहरु भएको एक बैंक हो ।

देशको संघीय संरचनालाई मध्य नजर गर्दे यस बैंक आफ्ना क्षेत्रीय कार्यालयहरु सात वटै प्रदेशहरुमा स्थापना गरिसकेकोछ । जो प्रधान कार्यालय कै प्रतिनिधिका रुपमा रहनेछन् ती क्षेत्रीय कार्यालयहरु निम्नानुसार रहेका छन् ः

प्रदेश नं क्षेत्रीय कार्यालयहरु रहेका शहरहरु
१ बिराटनगर
२ बीरगञ्ज
३ काठमाण्डौं
४ पोखरा
५ बुुटवल
६ सुर्खेत
७ धनगढी

यस्ता क्षेत्रीय कार्यालयहरुबाट नै शाखाहरका लागि लिईने निर्णयहरु छिटो छरितो ढंगले लिन सकिनेछ जसका लागि प्रधान कार्यालय सम्म आई पुग्नु पर्ने छैन ।
हालै बैंकले देशका दुर्गम स्थानहरुमा अत्याधुनीक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यलो १० वटा दुर्गम स्थानहरुमा शाखा खोल्ने निर्णय गरिसकेको र ९ स्थानहरुमा यस्ता शाखाहरु खोलि सकेको छ भने संखुवा सभा जिल्लामा रहेको सिलिचुङ्ग शाखामात्र खोल्न बाँकी रहेको छ र सो शाखा पनि चाँडै खुल्ने अवस्थामा रहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले आफ्ना कर्तव्यनिष्ठ कर्मचारीहरुलाई सहकर्मी बैंकहरुको तुलनामा उच्च दरको पारिश्रमिक उपलब्ध गराई रहेकोछ ।

३. यसै गरी एभरेष्ट बैंकले आफ्ना शेयर धनीहरुलाई पनि उच्चतम् दरको प्रतिफल उपलब्ध गराईरहेको छ । लगानीका हिसावले हेर्दा जुन एक शेयरधनीकोे अहिले सम्मको लगानी रु. १३,५०० पुगेकोछ । सो रकम २५ गुणा भन्दा बढी बढेको र सो लगानी गरिएको शेयरको वर्तमान बजार मूल्य रु. ३,४५,८०० हुन आउँछ । यसका सम्बन्धमा यसै साथ एक छुट्टै अनूसूची संलग्न गरिएकोछ ।

४. हाल नेपाल उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेर पिडत अवस्थामा रहेकोछ । उत्पादनमूलक क्षेत्रमा लगानी हुने लगानीले चौतर्फी मात्र नभई वहुआयामीक उपलब्धी दिन सक्छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यक्तिले अरु रोजगारीका अवसरहरु सृजना गर्न सक्छ र यसले चारजना व्यक्तिलाई मात्र रोजगारीको सृजना गर्ने नभई यसले पार्टस्पूर्जा, यातायात तथा खन्य विविध रोजगारीका अवसरहरु सृजना गर्छ ।

५. हाम्रो बिचारमा देशले भारतमा स्थापित उत्पादनमूलक कम्पनीहरुको कारखाना नेपालमा पनि लगाउनु पर्दछ जसले गर्दा निम्नानुसारका आकर्षक कर सुविधा लिन सकिनेछ ः

क) जसले गर्दा भारतमा तिर्नुृ पर्ने मुनाफाको ३४ ५ को संस्थागत कर (अयचउयचबतभ त्बह) यहाँ तिर्नु पर्ने छैन ।
ख) भारतमा स्थापित उत्पादनमूलक कम्पनीहरुको कारखाना नेपालमा राख्दा भारतलाई जि.एस.टि.(न्क्त्) तिर्नु पर्दैन । भारतमा खाद्य पदार्थका १२ ५ र मोटरसाईकल तथा यसका पार्टस्पूर्जामा १८ ५ जि.एस.टि.(न्क्त्) तिर्नु पर्दछ । यस्तो अवसर पाउँदा पनि किन भारतीय कम्पनीहरु लगानी गर्न आईरहेका छैनन् आश्चार्य लाग्दो कुरा छ ।

यो आश्चार्य लाग्दो विषय छ यति धेरै आकर्षण भएर पनि किन भारतीय कम्पनीहरु यहाँ लगानीका लागि आउँदैनन् ।
हाम्रो बिचारमा कारणहरु यस्ता हुन सक्छन् ः

क) प्रथमतः यो विषको विस्तृत रुपमा प्रवर्धन भएकै छैन साथै भारतीय उत्पादनमूलक कमपनीहरुलाई यो कुराको जानकारी भएकै छैन ।

ख) दोश्रो कुरा नेपालका खख्तियार प्राप्त व्यक्तिहरु भरतीय उत्तरपूर्वी राज्यहरुमा यस्ता लगानी भित्र्याउने विषयमा सचेत देखिदैनन् साथै भारतले यस्ता कुराहरुमा लगानी कर्तालाई करको सुविधा मात्र दिएको छैन बरु पँुजी लगानी र यातायतको सुविधा पनि दिने गर्दछ ।

उदाहरणका लागि भारतको सिक्कीममा यस्ता कारखाना राखेमा १० वर्षको कर छुट (त्बह ज्यष्मिबथ) र पुँजी र यातायातको सुविधा पनि दिएकोछ ।

नेपालमा पनि १ अर्ब भन्दा बढीको लगानी गर्ने यस्ता उत्पादनमूलक उद्योगहरुलाई ५ वर्षको कर छुट (त्बह ज्यष्मिबथ) को सुविधा दिईएकोछ तर तुलनात्मक रुपमा सिक्कीममा यस्ता कारखाना राखेमा १० वर्षको कर छुट (त्बह ज्यष्मिबथ) दिईएकोछ ।

६.नेपालको हालकोे श्रम कानून यस्ता महतवपूर्ण लगानीकर्ताकालागि पिडादायक छ । यस्ता औद्योगिक क्षेत्रका श्रमीकहरु कुल्ली नभएर मेसिन सञ्चालकहरु, गुणस्तर नियन्त्रक र यस्ता मेसिनहरुका मर्मतकर्ताका रुपमा तालिम प्राप्त छन् ।

हालको व्यवस्था अनुसार भारतीय नागरिकहरुलाई नेपालमा श्रम गर्न श्रम मन्त्रालयको स्वीकृति लिनु पर्दछ । हाम्रो बिचारमा यो व्यवस्था परिवर्तन हुनु पर्दछ र कमसे कम सि.डि.ओ.लाई एक निश्चित समयका लागि भारतीय नागरिकहरुलाई नेपालमा श्रम गर्न श्रम ईजाजत प्रदान गर्ने अधिकार दिईनु पर्दछ ।

यसका साथै नेपालको हालकोे श्रम कानूनले प्रत्येक दुई÷दुई वर्षमा श्रमीकहरुलाई माग राख्ने र सामूहिक सौदावाजी गर्ने अधिकार दिएको छ जुन अति नै पिडादायक छ । यस्तो व्यवस्था कम्तीमा पाँच वर्षमा एक पटक गर्न पाउने व्यवस्था गरिनु पर्दछ अववा ट्रेड यूनियन र व्यवस्थापनले मञ्जुर गरे अनुसार हुने व्यवस्था गरिनु उपयुक्त हुन्छ ।

७. नेपालमा पनि रणनीतिक स्थानहरुमा औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) हरु हुनु पर्दछ जस्तै नेपालगञ्ज यो भारतको लखनऊ र कानपुर जस्ता औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) को उत्तरमा रहेको छ ।

भारतमा ३० भन्दा बढी यस्ता औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) हरु रहेका छन् जो उत्पादनका क्षेत्रबाट र जनसंख्याका हिसावले पनि ठूला रहेका छन् जस्तै ः उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र आदि । नेपालका लागि सीमानामा रहेका राज्यहरुले धेरै अर्थ राख्दछन् जस्तै पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड ।

यस्ता नयाँ औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) हरु सीमावर्ति क्षेत्रमा रहनु महत्वपूर्ण हुन्छ किनकी यस्ता स्थानहरुमा यातायातको दृष्टिले महत्व राख्दछन् । औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) हरुमा कच्चा पदार्थ तथा प्याकिङ्ग गर्ने सामाग्री भारत वर्षबाट ल्याउनु पर्ने हुन्छ त्यसै गरी उत्पादन पश्चात् भारतमा निर्यात गर्न पनि सहज हुन जान्छ । भारतको उत्तरी क्षेत्रमा रहेको कोलकाता औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) पछि लखनऊ र कानपुर आउँछन् जो यातायातका दृष्टिले धेरैै महत्व राख्दछन् । यसै गरी त्यस पछि नयाँ दिल्ली÷गुरगाऊँ, फरिदाबाद, गाजियाबाद र नोयडा रहेका छन् ।

हामी यस्ता नयाँ औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) हरुतर्फ अघि बढ्ने हो भने भारतीय लगानी कर्ताहरु यस तर्फ अघि बढ्न र सम्भावित क्षेत्रहरु पहिचान गरी र आवश्यक जग्गा लिन पनि तयार छन् ।

यस्ता नयाँ औद्योगिक क्षेत्र (क्ष्लमगकतचष्ब िभ्कतबतभ) हरुमा रहने श्रमीकरुका लागि देहाय बमोजिमका केही साझा सुविधाहरु प्रदान गरिने गरिन्छ ः

क) प्राथमीक उपचार र स्वास्थ्य सुविधा ।
ख) टेलिफोन र सार्वजनिक सूचना सम्बन्धी सुविधा ।
ग) केन्द्रिकृत चुस्त गतिको उर्जा सुविधा ।
घ) अग्नी नियन्त्रण सुविधा ।
ङ) फोहोर तथा पानीको प्रशोधन प्रणाली ।

हाल एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई पञ्जाव नेशनल बैंकको सहभागितामा देहायका सुविधाहरु पनि उपलब्ध गराउँदै आएकोछ ।

क) ईण्डो नेपाल रेमिटान्स सेवा ः

यो सुविधा अन्तरगत भारतमा रहेका आप्रवासी श्रमीकहरुलाई उनीहरुको कमाई स्वदेश पठाउन सहयोग गरिरहेकोछ । यसका लागि पञ्जाव नेशनल बैंकका ७००० शाखाहरु र ८००० व्यवसायिक प्रतिनिधिहरु मर्फत यो सेवा उपलब्ध गराईदै आएकोछ । यसका लागि पञ्जाव नेशनल बैंककमा रहेको खाता मार्फत रेमिटान्स पठाउने र ईन्टरनेट बैंकिङ्ग मार्फत र मोबाईल मार्फत पनि यो सुविधा उपलब्ध छ । यसै गरी अन्य भारतीय बैंकको खाता मार्फत पनि र पञ्जाव नेशनल बैंकमा चेक जम्मा गरेर पञ्जाव नेशनल बैंक मार्फत पैसा पठाउन सकिने व्यवस्था गरेकोछ ।

ख) अन्तरदेशीय ए.टि.एम सर्भिस ः

एभरेष्ट बैंकको ए.टि.एम. कार्डबाट भारतको पञ्जाव नेशनल बैंकका सबै ए.टि.एम.मार्फत रकम भुक्तानी लिन सकिन्छ भने पञ्जाव नेशनल बैंकका ए.टि.एम. कार्ड बहाकहरुले एभरेष्ट बैंकका सबै ए.टि.एम. मेशिन मार्फत रकम भुक्तानी लिन सक्नेछन् । यस्तो सेवाबाट पर्यटक, ब्यापारी र बारम्बार भारत भ्रमण गरिहने व्यक्तिहरुले बिना झन्झट यो सेवा लिन सक्नेछन् । यसका साथै यो सेवाबाट भारतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थीहरुले एभरेष्ट बैंकको ए.टि.एम. कार्डबाट भारतको पञ्जाव नेशनल बैंकका सबै ए.टि.एम.मार्फत रकम भुक्तानी लिन सक्नेछन् जसले गर्दा त्यस्ता विद्यार्थीहरुका अविभावकहरुलाई समेत पनि महिनै पिच्छे बच्चाहरुको खर्च विप्रेशण गरिरहनु पर्ने छैन ।

ग) भारतमा रहेका नेपालीमूलका गोर्खा सैनिकहरुका लागि बहुआयमिक वचत कार्यक्रम ः

भारतमा रहेका नेपालीमूलका गोर्खा सैनिकहरुका लागि भारतको पञ्जाव नेशनल बैंक र यस एभरेष्ट बैंकमा द्वेध सम्बन्ध रहने (तधष्लरष्लिपभम) वचत खाता खोली आफ्नो कमाई नेपालमा निःशुल्क पठाउन सक्ने व्यवस्था गरिएको छ । यस्तो खाता मार्फत नेपालीमूलका गोर्खा सैनिकहरु आफ्नो पारिश्रमीक र र सेवा निवृत्त भए पछि पेन्सन समेत झिक्न सक्ने व्यवस्था गरिएको छ । यसै गरी द्वेध सम्बन्ध रहने (तधष्लरष्लिपभम) गरी डेबिट कार्ड समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ जसले गर्दा दुवै देशबाट निःशुल्क नगद भुक्तानी लिन सकिनेछ । यसका अतिरिक्त भारतमा रहेका नेपालीमूलका गोर्खा सैनिकहरुका लागि सुलभ दरमा आवाश कर्जा तथा पेन्सन कर्जाको सुविधा पनि उपलब्ध गराईएकोछ ।

८. एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केही महत्वपूर्ण कार्यहरु गर्दै आएका छौं हाल यस बैंकले देहायका दुई क्षेत्रहरुमा केन्द्रित भई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वका कार्र्यहरुलाई अघि बढाएका छौं ।

८.१ शवदाहगर्ने मेसिन (ऋचझबतयचष्गm) को स्थापनाः

हालको प्रचलन अनुसार समस्त हिन्दु धर्मावलम्बीहरुले मानिसको मृत शरिरलाई काठ तथा दाउराले जलाई दाहसंस्कार गर्ने गर्दछन् । उक्त परम्परागत प्रचलनलाई परिष्कृत गर्दै शव दाह गर्ने मेशिन (ऋचझबतयचष्गm) स्थापना गरी ६० प्रतिशत दाउरा तथा काठको खपत कम गरी दाह संस्कार गर्न सकिने गरी दाह संस्कार गर्ने मेशिन (ऋचझबतयचष्गm) स्थापना गरी नेपाल जस्तो पहाडी मुलुकको वन संस्पदा संरक्षण गर्ने उद्देश्य सहित यो शव दाह गर्ने मेशिन (ऋचझबतयचष्गm) स्थापना गर्न लागिएको छ । उक्त आधुनिक प्रणालीको शव दाह गर्ने मेसिन (ऋचझबतयचष्गm) शुरुमा निम्न ४ स्थानहरुमा स्थापना गर्न लागिएको छ ।

१. पशुपतिनाथ, काठमाण्डौं
२. शंखमूल, पाटन
३. पोखरा
४. भैरहवा

उक्त शवदाह गर्ने मेशिन (ऋचझबतयचष्गm) यस बैंकका नेपालभर शाखा रहेका स्थानहरुमा क्रमशः स्थापना गर्दै लैजाने उद्देश्य राखेका छौं ।

८.२ विद्यालयहरुमा शौचालय निर्माण ः

धेरै जसो सरकारी तथा निजी विद्यालयहरुमा उपयुक्त खानेपानी तथा शौचालयको व्यवस्था हुन सकेको छैन । जस्ले गर्दा बालबालिकाको स्वास्थ्यमा असर परि रहेकोछ । बालबालिकाहरुलाई सानै देखि स्वस्थ्य रहने बानी बसाल्नु पर्दछ । तसर्थ, हाम्रा शाखा रहेका स्थानका मुख्य विद्यालयहरुमा शौचालय निर्माण गरिदिने कार्य थालनी गरिसकेका छौं । यस कार्यको शुरुवात बानेश्वर स्थित रत्न राज्य स्कूलबाट गरि सकेका छौं । जुन काठमाण्डौ उपत्यकाको पुरानो मध्येको १ मानिन्छ जुन स्कूलमा दिनको २ चरण गरि पठन पाठन गर्ने गरिन्छ । जस्ले गर्दा शिक्षक तथा विद्यार्थीहरु खुशी रहेको कुरा जानकारी गराउंँदछौं ।

नेपाल राष्ट्र बैंकले निर्देशित गरे अनुसार बैंकहरुले आर्जन गरेको मुनाफाको १ प्रतिशतले हुन आउने रकम यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका खातिर विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने भन्ने रहेकोछ । तसर्थ सरकारको मुख नताकी सवै बैंकहरु मिलेर यस्ता सामाजिक कार्यहरु गरेमा अतिउत्तम योगदान हुनेछ । तसर्थ यस बैंकका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वका यस्ता कार्यहरु थालनी भैसकेको छ । तर पनि यसरी संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएका खर्चहरुलाई नेपाल सरकारको कर विभागले व्यवसायिक खर्चको रुपमा स्वीकार गरेको छैन । तसर्थ यस विषयलाई यस बैंकले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराई सकेको छ । उक्त कुरा अर्थ मन्त्रालयले गम्भीरता पूर्वक लिएको र आगमी बजेट भाषणमा सो कुरालाई सम्बोधन हुन सक्ने भएकोले आगामी दिनहरुमा बैंकहरुले थप यस्ता समाजलाई फाईदा हुने समाजिक कार्यहरु गर्न सक्ने छन् ।