सिके राउतसँगको सहमतिलाई गलत अर्थ लगाइएकोमा आपत्ति

maitrinews

 

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारकोतर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए ।

गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए । उनले भने,ुस्वतन्त्र मधेसी गठबन्धन यो निर्णयमा पुग्नु संविधान विरोधी भयो रु सहमति गर्नु के यो संविधान विरोधी हो रुु