संसारभर बोइङका ७३७ म्याक्स विमान उडानमा रोक

Maitrinews

 

अमेरिका । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण जहाजहरूमा उडान रोक लगाएको छ।
यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरू अर्को निर्णय नभएसम्मका लागि उड्ने छैनन्।
अमेरिकी उड्डयन नियामक निकायले गत आइतबार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ।