विश्व मृगौला दिवसमा प्रधानमन्त्री ओली सहभागी,मृगौला सुरक्षामा जोड

 

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली विश्व मृगौला दिवशको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुनुभएको छ ।
त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल पिएसआरन र स्वतन्त्र विद्यार्थी यूनियनद्धारा शिक्षण अस्पतालमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य सहित सहभागि हुनुभएको थियो । कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताउनुभएको छ ।