अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ :  प्रधानमन्त्री ओली

 

 

काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराउनुभएको छ ।

“उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो छ”, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानूनको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हरतरहले प्रयास गरिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।