होलीको पूर्वसन्ध्यामा स्कुल कलेजका विद्यार्थी होली खेल्दै

maitrinews

 

काठमाडौँ । होलीको पूर्वसन्ध्यामा स्कुल कलेजका विद्यार्थीहरुले आफनै उमेर समुदायका साथीहरुसँग एक आपसमा रंग दलेर होली खेलिरहेका छन ।
होलीको दिन भोली बुधबार पहाडी क्षेत्र र पर्सि तराईमा सार्वजनिक विदा हुने भएकाले पनि विद्यार्थीहरुले स्कुल कलेजका साथीहरुसँग रमाइलो गरेका हुन ।
होलीलाई प्रेम र सद्भावको पर्वका रूपमा मनाउने गरिन्छ ।
बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए ।