प्रियंका र आयुषमानसँग मःमको मज्जा

 

काठमाडौं । कोका–कोला मोःमोःउत्सव, कोका–कोला नेपालद्वारा आयोजित एक लोकप्रिय वार्षिक उत्सव हो । जुन उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिदै नयाँ वर्षको शुरुवात गर्न संचालन गरिएको हो । यो कोका–कोला मोःमोःउत्सवको चौथो वर्ष हो जसको नारा “कोक र मःमः पर्फेक्ट जोडी” रहेको छ र उपत्यका लगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा संचालन भईरहेको छ ।
प्रियंका र आयुषमान आफैमा पर्फेक्ट जोडी हुन् जो अर्को जोडी कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लिँदै यो उत्सवको नयाँ तरङ पैदा गरेका छन् ।
प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी शुभचिंतक र शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरेका छन् । कोका–कोला र मःमःको अनुभव बढाउन आएका फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका छन् । फ्यानहरुले कोका–कोला र मःमको मज्जा लिनुको साथै आफ्नो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।
प्रियंका कार्कीले भनिन्, “म कोका–कोला मोःमोःउत्सवमा विगत ३ वर्षदेखि लगातार सहभागी हुँदै आइरहेकी छु । यो मेरो लागि निश्चयनै सम्मानको कुरा हो । यस अभियानमार्फत मैले चिसो कोका–कोलाको साथ विभिन्न परिकारको स्वादिलो मःमको मज्जा लिन पाए । मलाई फ्यानहरुसँग बसेर मःम र कोका–कोलाको मज्जा लिन अवसर जुराई दिएकोमा म कोका–कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु । म अन्य आउटलेटहरु पनि भ्रमण गर्दैछु , तपाई सम्पूर्ण कोका–कोला र मःमः प्रेमीहरुलाई त्यही भेट्ने आशा राखेकी छु ।”
प्रियंका र आयुषमानको थप आउटलेट भ्रमणको बारेमा जानकारी प्राप्त गर्न कोका–कोला नेपालको फेसबुक र इन्स्टिाग्राम पेज लाइक र फलो गर्नु होला ।