गाडीको र्याली निकालेर विश्व रेकर्ड

Maitrinews

 

प्रयागराज । भारतमा कुम्भ मेला विशेष गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।
कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।
यस अगाडि यसैगरी सवैभन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३।२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।
युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।