मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी

maitrinews

मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ। मेलबर्नको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो
चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ
मा तालमा रहेका लेउले बेटो कारोटेन भनिने रातो रङ्ग उत्पादन गर्छ
गुलाफी रङ्गका कारण सन् २०१३ देखिनै पर्यटकहरू यहाँ झुम्मिन थालेका हुन्

पर्यटकहरूले तालको रङ्गलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रङ्ग छान्छन्

पार्कले भने पानीमा भएको उच्च क्षार मात्राका कारण पानीको नजिक नजान सूचना जारी गरेको छ
सामाजिक सञ्जालमा मानिसहरूले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन्

तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहन्छ

अष्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरूमा पनि पानी गुलाफी हुने गर्दछ