पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै , हावाहुरीबाट ३४ को मृत्यु , ५०० भन्दा बढी घाइते

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । हावाहुरीमा परी ३४ जनाको मृत्यु भएका छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने पूर्वनिर्धारित तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।