हावाहुरीमा घाइतेलाई रगत अभाव, नेपाली सेना र प्रहरीद्वारा रक्तदान

maitrinews

 

काठमाडौँ । बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् । रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् । आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारा र पर्सामा गरी ३४ जनाको ज्यान गएको छ भने
७०० जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आइताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।
एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।  तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भए पनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।