बारा पर्सा हावाहुरी: क्षतिग्रस्त विद्युत् पूर्वाधार मर्मत गर्न एक हप्ता लाग्ने

maitrinews

बारा ।  आइतवार साँझ तराईका दुई जिल्ला बारा र पर्सामा विध्वंस मच्चाएको हावाहुरीले विद्युतीय पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

स्थानीय वायुको प्रभावबाट सिर्जना भएको भीषण हावाहुरीले करिब दुई हजार बिजुलीको खम्बा ढालेको अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन्।

हावाहुरीको प्रभाव परेका जिल्लामा सकेसम्म चाँडो विद्युत् प्रवाह शुरू गर्नका लागि आवश्यक जनशक्ति खटाइसकिएको घिसिङले बीबीसी नेपाली सेवालाई बताएका छन्।

“ठूलो सङख्यामा क्षति पुगेको छ। तर हामीसँग आवश्यक सामाग्री र जनशक्ति उपलब्ध भएकाले एक हप्ताभित्र विद्युत् प्रवाह शुरू गर्ने लक्ष्य राखेका छौँ,” घिसिङले भने।